नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख कुनसाङ लामाले सपथ ग्रहण गरेका छन् । उनले आज (बुधवार) मुख्य निर्वाचन अधिकृत मोहन भट्टराईसँग पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
नेपाली काँग्रेसबाट उम्मेदवार बनेका लामाले ११ हजार २११ मत पाएर निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा नेकपा एमालेले जितेको नमोबुद्ध नगरमा यो पटक आधा भन्दा कम मत ल्याएर पराजित भएको थियो ।