समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

काश्मिरका पृथकतावादी नेता मलिकलाई जन्मकैद

२०७९ जेष्ठ १२
समखबर संवाददाता

1.4K

भारतको एक अदालतले काश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादलाई आर्थिक सहयोग गरेको अभियोगमा राजाधानी नयाँ दिल्लीस्थित अदालतले ५६ वर्षीइ मलिकलाई जन्मकैदको सजाय सुनाएको हो । 

उनीमाथि आतंकवादी कार्य र आपराधिक षड्यन्त्रमा संलग्न रहेको तथा आर्थिक सहयोग गरेको अभियोग लागेको छ । 

मलिकले सन् १९९० को दशकमा हतियार त्यागेको अदालतलाई बताए । उनलाई गत हप्ता दोषी ठहर गरिएको थियो । मुस्लिम बाहुल्य कश्मीरमा सन् १९८९ मा भारतको शासनविरुद्ध सशस्त्र विद्रोह सुरु भएयता दशौं हजार मानिस मारिएका छन् । 

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *