समखबर संवाददाता


0 प्रतिक्रिया

868

वल्डलिङ्कद्धारा तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक

२०७९ जेष्ठ १२
काठमाडौं
समखबर संवाददाता

1.1K

वल्डलिङ्क कम्युनिकेसन लिमिटेडले इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्डलिङ्कले बुधबारदेखि लागू हुने गरी ३३ सय रूपैयाँमा २०० एमबीपीएसको तीन महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको हो ।

नेटटिभी प्रयोग नगर्ने ग्राहक लक्षित यो प्याकेज बजारमा उपलब्ध भएकामध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ। यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबलर डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ। राउटरका लागि एक हजार रूपैयाँ डिपोजिट राख्नुपर्ने वल्डलिङ्कले जनाएको छ।

नेटटिभी आवश्यक पर्ने ग्राहकले भने ४ हजार ५० रूपैयाँमा कम्पनीको २ सय एमबीपीएसको तीनमहिने प्याकेज लिन सक्ने कम्पनीले जनाएको छ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *