समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

निजगढ विमानस्थल निर्माणको काम तत्काल रोक्न सर्वोच्चको आदेश,कारण यस्तो छ !

२०७९ जेष्ठ १२
काठमाडौं
समखबर संवाददाता

1.6K

सर्वोच्च अदालतले बाराको निजगढमा निर्माण गर्ने भनिएको विमानस्थल निर्माणको काम तत्काल रोक्न आदेश दिएको छ ।

सर्वोच्चको बृहत पूर्ण इजलासले बिहीबार निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गर्दै अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अन्तिम इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चले निजगढमा विमानस्थल बनाउनेसम्बन्धी २०७१ फागुन र चैत तथा २०७५ पुसमा भएका निर्णयहरू बदर गर्दै अर्को अन्तराष्ट्रीय विमानस्थल चाहिने भए अन्यत्र विकल्प खोज्न भनेको छ ।

बाराको निजगढमा करीब २४ लाख सालका साना–ठूला रुख काटेर विमानस्थल बनाउने सरकारको योजना थियो । वातावरण संरक्षणका लागि लागेका संस्थाहरूले भने विमानस्थल बनाउँदा वातावरण र वन्यजन्तुलाई अपूरणीय क्षति पुर्‍याउने भन्दै विरोध गर्दै आएका थिए ।

1.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *