समखबर संवाददाता


0 प्रतिक्रिया

2.9K

बालेन्द्र शाह मेयरमा निर्वाचित भएसँगै धन्यवाद र्याली सुरु

२०७९ जेष्ठ १३
काठमाडौं
समखबर संवाददाता

3.6K

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । उनले १ लाख ९१ हजार मतमा ६१ हजार भन्दा बढी मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।

निर्वाचित भएको औपचारिक घोषणासँगै बालेनको विजय उत्सव सुरु भएको छ । बालेनका समर्थकहरुले विजय जुलुशलाई उत्सव नभई धन्यवाद र्याली भनेका छन् ।

सभागृहबाट सुरु भएको र्याली भद्रकाली–त्रिपुरेश्वर–माइतीघर–बबरमहल–बिजुलीबजारबाट युएन पार्कतर्फ मोडिने जनाइएको छ । त्यहाँबाट शान्तिनगर–तिनकुने–कोटेश्वर–जडिबुटी पुगेर पुनः कोटेश्वर फर्केर सिनामंगल–एयरपोर्ट–तिलगंगा–गौशला–चावहिल–महाराजगन्ज–सामाखुशी–नयाँ बसपार्क हुँदै र्याली नयाँ बसपार्क पुगेपछि बालाजु–स्वयम्भु हुँदै सितापाइला–कलंकी–बल्खु–कुलेश्वर–कालीकामी–टेकु–त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा सभामा परिणत हुने जनाइए छ ।

3.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *