समखबर संवाददाता


0 प्रतिक्रिया

836

नवनिर्वाचित मेयर हर्क साम्पाङ यसरी निस्किए सडकमा झाडु बोकेर…

२०७९ जेष्ठ १३
धरान
समखबर संवाददाता

1K


खानेपानी समस्यालाई मुख्य मुद्दा बनाएर चुनावी अभियानमा होमिएर धरान उपमहानगरपालिकाको मेयर बनेका शर्कराज साम्पाङले बुधबार धरानको पानी आउने मुहानमा नै पुगेर बस्तुस्थिति बुझे । उनले त्यहाँ मुहानको सरसफाइ गर्न र फोहोर नगर्न निर्देशन पनि दिए ।

त्यसकै भोलीपल्ट अर्थात् आज बिहीबार धरानलाई सफा र सुन्दर सहर बनाउने अभियान सुरु गरेका साम्पाङ आफै झाडु लिएर सडक सरसफाइ अभियानमा जुटे । धरानमा मुसलधारे वर्षा रोकिने बित्तिकै बिहीबार मेयर राईले धरानको मुख्य बजार रहेको भानुचोक र बसपार्क क्षेत्रको सरसफाइ गरे ।

मेयर आफैं झाडु लिएर बजार सरसफाइमा निस्किँदा उपमहानगरपालिकाका सफाइ कर्मचारी, नगर प्रहरी, स्थानीय बासिन्दा र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले साथ दिए ।

त्यति मात्रै होइन, मेयर साम्पाङले भानुचोकको सार्बजनिक शौचालयको समेत निरीक्षण गरेपछि सार्वजनिक शौचालय आसपासमा दुर्गन्ध फैलिए नदिन कर्मचारीलाई निर्देशन दिए । उनले बसपार्कमा जथाभावी फोहोर नफाल्न यातायात मजदुरलाई आग्रह गर्दै धरानलाई सधै सफा राखे यहाँ आउने पर्यटकहरुले आहा ! धरान भनेर प्रंशसा गर्न लायकको बनाउन धरानबासीलाई आग्रह गरे ।

मेयर साम्पाङले नगरपालिकामा बसेरभन्दा दैनिक प्रत्येक सडकको अवलोकन गर्ने र खाल्डाखुल्डी भेटिए तत्काल मर्मत गरी यातायातका साधन संचालनमा सहज पुर्‍याउने बताए ।

अबको ६ महिनामा धरानलाई क्लिन सिटिको रुपमा घोषणा गर्ने आफ्नो योजना भएकाले अव सबैले यसमा ध्यान दिन उनले आग्रह गरेका छन् । ‘अब उप्रान्त हामीले सडकमा केही पनि फोहार नफालौँ त्यसो भयो भने धरान यति सफा हुन्छ ।’

धरानको ड्रेनमा पानीको बोटल, वियरको बोटल, लगायत थुप्रिएको र जसले गर्दा लामखुट्टै आउने र त्यसैले डेँगु जस्ता समस्या पनि निम्त्याने भएकाले फोहोरको व्यवस्थापनमा लाग्न सबै धरानलेलाई उनले आग्रह गरेका छन् ।

आफुले गरेको आग्रह नमाने फोहोर फाल्नेलाई जरिवाना गर्ने नियम ल्याउन पनि आफु पछि नपर्ने उनको संकेत थियो । अभियान्ता र पत्रकारका बिचमा रहेका राईले बस पार्क र टेम्पो स्टेण्डको बीचबीचमा डस्विन राख्न निर्देशन गरेका छन् । यसैबिच मेयर राईले धरानको भानुचोकमा रहेको सार्वजनिक शौैचालयको समेत निरिक्षण गरेका थिए ।

उनले कुर्सीमा बसेर धराने जनताको समस्या हल नहुने भन्दै धरानका २० वटै वडामा पालो मिलाएर जनसरोकारका विषयको अनुगमन गर्ने बताए । जनसरोकारका विषयमा मेयर आफै खटिएपछि धरानको विकासमा आमुल परिवर्तन हुने धरानवासीले अपेक्षा गरेका छन् । धरान १५ का यातायात व्यवसायी देवेन्द्र कार्कीले धरानका मेयरको कामले धरानवासीमा आशा पलाएको बताए ।

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *