समखबर संवाददाता


0 प्रतिक्रिया

980

हदम्याद व्यवस्था हटाउन राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

२०७९ जेष्ठ १३
काठमाडौं
समखबर संवाददाता

1.2K

यौन दुव्यवहारको उजुरीमा हदम्याद सम्बन्धि व्यवस्था हटाउन मागसहित राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरेको छ । सांसदहरु कमला पन्त, प्रमिलाकुमारी यादव, विमला राय पौड्याल, खिमलाल देवकोटा, मदनकुमारी शाह, बिमला घिमिरे, शेखर कुमार सिंह, गंगा कुमारी बेलबासे र तुलप्रसाद विश्वकर्माले राष्ट्रिय सभामा उक्त प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावमा हदम्यादका कारण पीडितले न्याय नपाउने र पीडकले सजाय मुक्त हुने अवस्थाको बारेमा उल्लेख गरिएको छ । यौनजन्य हिंसा भएमा १ वर्षभित्र उजुरी गरिसक्नुपर्ने हदम्याद छ ।

बालयौन दुव्यवहार कसुरमा सजायको लागि जाहेरीको लागि पुर्णत हदम्याद व्यवस्था हटाउने र बालबालिका बाहेक अन्यको हकमा समेत हदम्याद पुनरावलोकन र पुनर्विचार गरी आवश्यक संशोधन गर्ने दुइटा माग प्रस्तावमा राखिएको छ ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *