समखबर संवाददाता


0 प्रतिक्रिया

2.6K

सहिद कृष्ण सेन ईच्छुकको स्मृतिमा मनायो २१औं स्मृति दिवस

२०७९ जेष्ठ १३
काठमाडौं
समखबर संवाददाता

3.2K

क्रान्तिकारी पत्रकार महासंघ र अखिल नेपाल जनसांस्कृतिक महासंघले संयुक्त रुपमा आयोजना गरिएको जनसांस्कृतिक कर्मी सहिद कृष्ण सेन ईच्छुकको २१औं स्मृति दिवस मनाएको छ । आज (शुक्रबार) ईच्छुक भवनमा सहिद कृष्ण सेन ईच्छुकको स्मृतिमा उक्त कार्यक्रम मनाएको हो।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माआवादी) का महासचिव मोहन वैद्य किरणले सहिद कृष्ण सेन ईच्छुकले जनपक्षीय पत्रकारिता, प्रगतिवादी साहित्य र संस्कृतिको पक्षमा गरेका कामहरु अतुलनीय रहेको स्मरण गरे ।

उनले राष्ट्रियता , जनतन्त्र र जनजिविकाको पक्षमा कलम चलाउनु आजको मिसन पत्रकारिता रहेको उल्लेख गरे । उनले मंहगी, सबै क्षेत्रमा व्याप्त भष्ट्रचारी, कमिशनखोरी तथा विभिन्न विसंगतिको बिरुद्ध भण्डाफोर गर्नु क्रान्तिकारी जनपक्षीय पत्रकारहरुको दायित्व रहेको चर्चा गरे ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी कमिटी सदस्य सिपी गजुरेल (गौरव) सहित सहिद कृष्ण सेन ईच्छुकको श्रीमती प्राध्यापक तक्मा केसी, छोरी समिक्षा केसी, पार्टीका केन्द्रिय सदस्यहरु, सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति थियो ।

त्यस्तै, सहिद कृष्ण सेन ईच्छुकको स्मृति तथा सांस्कृतिक बलिदान दिवस–२०७९ को पुरस्कार तथा सम्मानमा विभिन्न विधाका साहित्यकारलाई पुरस्कार तथा सम्मान प्रदान गरेका छन् । ईच्छुक स्मृति विधातर्फ भरतपुरका रविकिरण निर्जीव र घोराहीका यज्ञबहादुर डाँगीलाई सयुक्त रुपमा नगद रु. ५०-५० हजार रुपैयाँ , प्रतिभा विधातर्फ पोखराका काजी बाबु श्रेष्ठ (काजी गाउँले) लाई नगद रु. २५ हजार रुपैयाँ र कला विधातर्फ लुंग्रीका कविता पुन मगरलाई नगद रु. २५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरेका छन् ।

उनले जनादेशका सम्पादक र जनदिशा दैनिकका प्रधान सम्पादक भएर जनपक्षीय पत्रकारिता गर्दै आएका थिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय परिषद् रहेका सेन साहित्यिक क्षेत्रमा इच्छुक नामबाट स्थापित थिए। उनका ‘शोकाञ्जली’, ‘बन्दी र चन्द्रागिरी’, तथा ‘इतिहासको यस घडिमा’ गरी तीनवटा काव्यकृति प्रकाशित छन् ।

उनलाई २०५८ जेठ ६ गते आफ्नै सहकर्मीहरूको गद्दारीका कारण पेजर कलमार्फत् लोकेशन पत्ता लगाएर काठमाडौंको मध्यबानेश्वर स्थित ह्वाइट हाउस स्कूलबाट पुलिसले गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा लगेर एक हप्तासम्मको चरम यातना दिएर हत्या गरिएको थियो ।

3.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *