समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

चीनका तीन अन्तरिक्षयात्री ९० दिनपछि पृथ्वीमा सकुशल फर्किए

२०७८ माघ २६
समखबर संवाददाता

1.6K

एजेन्सी । मानवसहितको अन्तरिक्ष अभियान पूरा गरी चीनका तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । यसलाई चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भनिएको छ ।

उनीहरू ९० दिनसम्म एउटा अन्तरिक्ष केन्द्रमा बसेका थिए । टियाहे मोड्यूल नाम दिइएको सो केन्द्र चीन आफैँले बनाएको थियो ।

अन्तरिक्षयात्रीहरू न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शन्जो–१२ अन्तरिक्षयान चढेर शुक्रबार स्थानीय समयानुसार दिउँसो १:३५ बजे चीनको भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका थिए ।

यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास थप बढेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

1.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *