समखबर संवाददाता


0 प्रतिक्रिया

1.6K

एमसीसी पास गरेपछि सत्ता गठबन्धन र एमालेका विरुद्ध जनआक्रोश, सुर्खेतमा कर्फ्यू

२०७८ फाल्गुन १७
समखबर संवाददाता

1.9K

काठमाडौं । राष्ट्रघाती एमसीसी पास गरेपछि सत्ता गठबन्धन र एमालेका विरुद्ध जनआक्रोश विष्फोटक बन्दै गएको छ । देशव्यापी विरोध र संघर्षलाई बेवास्ता गर्दै सत्तागठबन्धन र एमालेको मौन समर्थनमा राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेपछि संघर्षरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको संयुक्त आयोजनामा सोमबार नेपाल बन्द आव्हान गरिएको थियो । बन्दको काठमाडौं उपत्यकामा कम प्रभाव परे पनि काठमाडौं उपत्यकाभन्दा बाहिर ठप्प थियो ।

अन्य जिल्लामा झै सुर्खेतमा पनि विहानैदेखि बन्तकर्ताहरु सडकमा निस्किएका थिए । १० बजेपछि बन्दकर्ताको समूहमा जनसहभागिता समेत बढ्दै गयो । एमसीसी खारेज गर, प्रतिक्रियावादी राष्ट्रघाती दलालहरु मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, दलालहरु होशियार भन्दै सडकमा टायर बालेर नाराजुलुस गरेका बन्दकर्ताहरु सत्तागठबन्धन र एमालेप्रति आफ्नो तीव्र आक्रोस पाखिरहेका थिए ।

आक्रोसित समूहले राष्ट्रघाती दलालहरुले सरकारी जग्गामा पार्टी कार्यालय बनाएको भन्दै विरोध गरिरहेका उनीहरुको एक समूहले नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्न पुग्यो । स्थिति अनियन्त्रित भएपछि स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन भन्दै साँझ ८ : १५ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।

सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताएका थिए । उनका अनुसार स्थानीय प्रशासन ऐन (संसोधनसहित) २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको थियो ।

1.9K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *