समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

राष्ट्रघाती एमसीसी पारित तथा मजदुर विरोधी सरकार विरूको प्रदर्शन सभा (फोटोफिचर)

२०७८ चैत्र १
समखबर संवाददाता

1.4K

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) पारित विरुद्ध तथा मजदुर विरोधी सरकार विरूद्ध प्रदर्शन सभा कार्यक्रम सम्पन्न भएको छ ।

विरोध प्रदर्शन सभा कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) सहित ६ कम्युनिस्ट पार्टी र दुई क्रान्तिकारी मोर्चा निकट मजदुर संगठनहरूको आयोजनामा माइतीघर मण्डलाबाट सुरु भएको एमसीसी विरोधी नारा, जुलुस सहितको ¥याली पुनः माइतीघर मण्डला पुगेर विरोधसभामा परिणत भएको थियो ।

विरोध प्रदर्शन तथा सभामा मजदुर नेताहरुले एमसीसी, मजदुर हकहित र मजदुर विरोधी सरकारको खारेजीको माग सम्बन्धमा आफ्ना धारणा सहितको मन्तव्य राखेका थिए ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ महासचिब बसन्त बोगटीले सञ्चालन गरेको विरोधसभामा वक्ताहरुले एमसीसी सम्झौता राष्ट्रघाती रहेकोले संसदबाट पास भएता पनि कार्यन्वयन नगर्न खवरदारी गरेका थिए ।

वक्ताहरुले आगामी दिनमा एमसीसीको विरुद्धमा अझ सशक्त रुपमा संघर्ष उठान गर्ने समेत उद्घोष गरेका छन् ।

हेर्नु होस् कार्यक्रमका तस्विरहरु

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *