रामेछाप । बालिका घरभित्र पसेको हुँदा अशुद्धु भएको भन्दै दलानको थाममा २० घण्टा बाँधेर यातना दिइएको छ । १२ वर्षीया एक बालिकालाई दही चोरेको आरोप लगाउँदै बाँधेर यातना दिइएको हो । उनिसंगै बालिकाको सानो भाइले समेत सोमबार राति दिदीसँगै श्रेष्ठको दलानमै रात कटाउनु परेको थियो ।
मन्थली नगरपालिका ६ चिउरीपानीस्थित ६३ वर्षीय शेरबहादुर श्रेष्ठको घरभित्र पसेको हुँदा अशुद्ध भएको भन्दै श्रेष्ठ परिवारले बालिकालाई कुटेका थिए । साथै उनले रुद्री लगाउने खर्च नदिएसम्म नछोड्ने भन्दै घरको दलानको थाममा घण्टौंसम्म हात पछाडि पारि बाँधेर राखेका थिए ।
चोरी गरेको आरोप लगाउदै दलित बालिकालाई श्रेष्ठले कुटपिट र शरिर बन्धक गरि यातना दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङका अनुसार घटनाबारे स्थानीय वडाध्यक्ष गोपाल माझीले जिल्ला प्रहरीमा खबर गरेका थिए । ‘बालिका बाँधिएको जानकारी प्राप्त हुन साथ घटनास्थलमा पुगि बालिकाको उद्दार गरेका गरेका छौं । बालिकाको उद्धार गरी स्वास्थ्य परीक्षण पस्चात् घर पठाइएको छ । आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।’, प्रहरी नायब उपरीक्षक राजकुमार थिङले बताएका छन् ।
बालिकालाई दलित भएकै कारण २० घण्टा भन्दा माथि बाँधेर राखेको घटनालाई जिल्लास्थित दलित अधिकारकर्मीले शरिर बन्धक तथा जातीय विभेदको रुपमा कारबाही हुनुपर्ने बताएका छन् ।
श्रेष्ठ विरुद्ध पीडित पक्षले जाहेरी ल्याएता पनि दर्ता गरिनसकेको र भोलि सम्म जाहेरी दर्ता गरि अनुसन्धान अघि बढाउने प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनु दिएका छन् ।