समखबर संवाददाता


0 प्रतिक्रिया

904

युक्रेन चाँडै नेटोमा सामेल हुन्नः बोरिस जोनसन

२०७८ चैत्र ३
समखबर संवाददाता

1.1K

लन्डन–बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युत्रेन चाँडै उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा सामेल नहुने बताएका छन् ।

‘युक्रेन चाँडै नेटोमा सामेल हुने कुनै उपाय छैन’, खाडी देशहरुको भ्रमणमा रहेका प्रधानमन्त्री  जोनसनले भने । नेटोमा सामेल हुने वा नहुने भन्ने निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गर्नुपर्ने उनले बताए ।

यसअघि राष्ट्रपति जेलेन्स्कीले युक्रेन नेटोको सदस्य नहुने कुरालाई मान्यता दिनु महत्त्वपूर्ण भएको बताएका थिए ।  उनले भनेका थिए, ‘हामीले धेरै वर्षदेखि खुला ढोकाबारे सुनेका छौं, तर हामीले ती ढोका प्रवेश गर्न सक्दैनौं भन्ने पनि सुनेका छौं ।’

प्रधानमन्त्री जोनसनले युक्रेनमा भएको रुसी सेनाको पाशविक हमला अन्त्य हुनुपर्ने उनले बताए ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *