समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

तुवाचुङ नगरपालिकामा चौँथो शहरी स्वास्थ्य केन्द्र

२०७८ चैत्र ५
समखबर संवाददाता

1.9K

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको झाप्पामा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । भौगोलिक कठिनाइले स्वास्थ्य संस्थाबाट टाढा रहेका, स्वास्थ्य संस्था पुग्न दुई–तीन घण्टा हिँड्नु पर्ने, स्वास्थ्य सेवाबाट बञ्चित रहेका नागरिकलाई लक्षित गर्दै नगरपालिकाले झाप्पामा शहरी स्वास्थ्य केन्द्र विस्तार गरेको हो । 

स्वास्थ्यचौकी सरहको स्वास्थ्य सेवा दिनेगरी औषधिसहित एक जना अहेब र एक जना अनमीको व्यवस्था गरेर केन्द्र स्थापना गरेको नगर स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए । शहरी स्वास्थ्य केन्द्र हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले शुक्रबार उद्घाटन गरेका हुन् । ११ वडा रहेको नगरपालिकामा स्थापना गरिएको यो चौँथो शहरी स्वास्थ्य केन्द्र हो ।

1.9K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *