समखबर संवाददाता


0 प्रतिक्रिया

144

नागरिकताबारे अदालतको फैसला समेत कार्यान्वयनमा समस्या भोग्नु परेको सरोकारवालाको गुनासो

२०८० जेष्ठ १४
काठमाडौं
समखबर संवाददाता

180

अदालतले पीडितको पक्षमा गरेको फैसला कार्यान्वयनमा समेत समस्या भोग्नु परेको सरोकारवालाले गुनासो गरेका छन् ।

महिला, कानून र विकास मञ्चले, काठमाडौंमा आयोजना गरेको अन्र्तक्रियामा नेपाली नागरिकता प्राप्तिको विषयमा अदालतको फैसला कार्यान्वयन नहुँदा पीडितले चुनौतिपूर्ण अवस्थाको सामना गर्नुपरेको गुनासो गरेका हुन् ।

नागरिकताको अधिकार तथा नागरिकता सम्बन्धी मुद्दाका फैसला कार्यान्वयनको अवस्थाबारे गरिएको अन्र्तक्रिया कार्यक्रममा कतिपय पीडितले अदालतले नागरिकता बनाईदिनु भनेर पीडितको पक्षमा गरेको फैसलाको समेत जिम्मेवार निकायले कार्यान्वयन नगरिदिदा आफुहरुले निकै चुनौति भोग्नुपरेको पीडित, अधिकारकर्मी तथा अधिवक्ताहरुको दुखेसो छ ।

पीडित मध्येकी एक नेहा निष्ठाको बुबा वेपत्ता छन् आमालाई कलर ब्लाइण्डनेस् छ । दुई दिदी बहिनी मध्ये नेहाले सिभिल इन्जिनियरिङ गर्दै छिन् तर,नागरिकता नहुँदा उनले जागिर खान समेत नपाएको दुखेसो पोखिन् ।

पीडित नेहाले भनिन्, ‘मेरो सिभिल इन्जिनियरिङ सकियो चौथो वर्षको । बुबा बेपत्ता हुनुहुन्छ,ममि र बहिनी मात्रै हो मेरो । ममिले राम्रोसंग आँखा देख्नसक्नुहुन्न । अबत केही गर्लान छोरीले भन्ने आमालाई आशा छ । तर,सानो काम गर्न पनि मेरो क्षमता भएरै पनि सबैले परिचय माग्छन् नागरिकता नै नहुँदा काम गर्न पाएको छैन्  ।’ उनी भनिन् ।

उनीजस्तै नागरिकता नपाएर पीडित बनेका धेरैले आफ्नो दुखेसो पोखे ।

त्यो मध्येकि सानुमाया मैयालाई पनि नागरिकताकै कारण एक्लिन परेको छ । श्रीमान बेपत्ता भएको लामो समय भैसक्यो । सर्वोच्च अदालतले उनको पक्षमा फैसला गरेको बताउँछिन् । तर,बुबाको नागरिकता पनि नभएको र श्रीमान पनि बेपत्ता भएपछि उनको नागरिकता लिन समस्या भयो । भएको एउटा छोरो र बुहारीले पनि छोडेर हिँडेको उनको गुनासो छ ।

उनीहरु मध्ये कसैको सर्वोच्च अदालतले नागरिकता दिन पक्षमा फैसला गरेको छ त केहीको उच्च अदालत पाटनले फैसला गरेको छ । तर,ति पीडितको पक्षमा भएको फैसलाको पनि जिम्मेवार निकायले कार्यान्वयन नगर्दा अवस्था चुनौतिपूर्ण बन्दै गैरहेको भनाई अधिवक्ता विश्वजीत तिवारी बताउँछन् ।

‘हाम्रो देशको स्थिति यस्तो छ कि कानुनको साशन कितावमा मात्र सिमित भएको छ, पिडीतले न्याय पाईराख्नु भएको छैन् ।’

तिवारीले विवाह भएका महिलाले विवाह दर्ता गर्न नपाउँदा उनीहरुको सन्तानले जन्मदर्ता नपाएको र त्यस्तो अवस्था निकै चुनौतिपूर्ण बन्दै गएको भन्दै चिन्ता प्रकट गरे ।

180

Stakeholders complain that they have faced problems in the implementation of the court's decision on citizenship

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *