समखबर संवाददाता


0 प्रतिक्रिया

748

दुर्घटनामा एक जनाको मृत्यु

२०७८ चैत्र ५
समखबर संवाददाता

935

सप्तरी । सप्तरीको पूर्व-पश्चिम लोकमार्गअन्तर्गत अग्निसाइर कृष्णसावरण गाउँपालिकामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१च १६८३ नम्बरको पिकअप अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिँदा अग्निसाइर कृष्णसावरण गाउँपालिका ६ रत्वाला बस्ने ५५ वर्षीय दुखीलाल लेखीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार गम्भीर घाइते भएका लेखिको उपचारका लागि राजविराजतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

935

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *