समखबर संवाददाता


0 प्रतिक्रिया

424

नेपाललाई भारतमा गाभ्ने षडयन्त्र भइरहेको चित्रबहादुर केसीको जिकिर

२०८० जेष्ठ १७
काठमाडौं
समखबर संवाददाता

530

भारतले नेपालको लुम्बिनी र कपिलबस्तुलाई समेत नक्सामा सामेल गरेर भारतीय संसद भवनमा राखेको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ ।

बुधवार काठमाडौंको रत्नपार्कमा विरोध प्रदर्शन गर्दै जनमोर्चाले भारतले नेपालमाथि गरिरहेको एकपछि अर्को षडयन्त्र यो एक कडी भएको बताएको छ । विरोधमा कार्यक्रममा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई भारतमा गाभ्ने उदेश्य सहित भारतले बिभिन्न षडयन्त्र गरिरहेको बताए ।

उनले भने ‘ सरकारमा बस्ने सत्तामा बस्नेले नै जनतालाई लुट्ने भएपछि यो विकृति विसंगतिको विरुद्धमा जति गरे पनि सुन्दैन । लुम्बिनी र कपिलबस्तुलाई समेत नक्सामा गाभेको छ । संघीयतामा नाटक भईरहको छ । महिनै पिच्छे मन्त्री गठन विगठन अनि अर्वौ रुपैंया हिनामिना । राष्ट्रपति त्यसै दिल्ली गएको हैन रैछ । अहिले देखाउनु भयो भारतीय नागरिकलाई गर्नु पर्ने काम । यो सब नेपाललाई भारतमा गाभ्ने काम हो । ’

उनले सत्तामा आएकाहरुले देशलाई लुटिरहका र नेपाली जनतालाई अलमलाउने काम गरेको बताए ।
राष्ट्रपतिले रेशम चौधरीसहित १२ जना अपराधीलाई रिहा गरेको प्रति आपत्ति जनाउँदै अध्यक्ष केसीले सोर्स फोर्स भए पछि जति ठूलो अपराध गरे पनि माफ हुने पुष्टि भएको बताए ।

530

Chitra Bahadur KC claims that there is a conspiracy to merge Nepal into India

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *