कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार,नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम २५ रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १५ रुपैयाँ, रातो आलु (मुडे)४० रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, कागती १५० रुपैयाँ, सुकेको प्याज ५० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७०, तने बोडी ६०, लोकल घिउ सिमी ५०, भटमासकोशा ११०, मटरकोशा १८०, राजमा सिमी ११०,तिते करेला ४०, लौका ६०, परवल लोकल ८०, पाकेको फर्सी ४०, फर्सी हरियो ३०, घिरौंला ६०, भिण्डी ६०, सलगम ७०, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २७०, कुरीलो २००, ब्रोकाउली ९०, तोफु ११०, लोकल काँक्रो १२० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।
चमसूरको साग ९०, पालुंगो साग ९०, मेथिको साग ९०, तोरीको साग ३० हरियो लसुन ७०, हरियो प्याज ७०, रायो साग ३०, धनियाँ २०० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, तरबुजा हरियो ४०, भारतीय दसहरी आँप १५०, मौसम १५०, अनार ३२०, केरा दर्जनको १४०, फूजी स्याउ २८०, आभोकाडो ४०० र मेवा भारतीय ११० र लिच्ची लोकल १८० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।