समखबर संवाददाता


0 प्रतिक्रिया

288

नेतृत्वको विरोध गरेर पार्टी बलियो हुनेवाला छैन् : कांग्रेस सभापति देउवा

२०८० जेष्ठ २०
काठमाडाैं
समखबर संवाददाता

360

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेतृत्वको विरोध गरेर पार्टी बलियो नहुने बताएका छन् ।

ललितपुरमा नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले आफ्नो नेतृत्वमा कांग्रेस पार्टी सबैभन्दा ठुलो पार्टी बनेको भन्दै विरोध गर्न भन्दा काम गरेर पार्टी बलियो बनाउन निर्देशन दिए ।

‘नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी भएको छ । यो सत्य कुरा हो । सधैँ हार्ने होईन, जितेको छ । सानो पार्टी पनि ठूलो पार्टी भएको छ, अब यसलाई अगाडि बढाउनु छ । अझै यसलाई बलियो बनाउनु छ ।’ देउवाले भने । काम गर्नुस्, पार्टी ठूलो बनाउनु, बलियो बनाउनु, नेतृत्वको विरोध गरेर केही हुनेवाला नै छैन् ।’

पार्टी ठुलो बनाउन आवश्यक भूमिका खेल्न पर्छ, नेतृत्वको गालि गर्न छाडेर जनताको घरघरमा जानु पर्छ ।, पार्टी बनाउनको लागि जनताको काँधमा काँध मिलाउनु पर्छ । जनसम्पर्क बढाउनु पर्छ । जनतासँग जानुपर्छ, नेतृत्वको विरोध गरेर पार्टी बन्छ ।’ उनकाे प्रश्न थियाे,

अहिलेको समय भनेको पार्टीलाई मज्बुद बनाउने हो । मैले पार्टीलाई सहयोग मात्र गर्ने हो । अर्को पटक म पार्टी सभापति हुने वाला होईन अब, एकअर्कालाई विरोध गरेर पार्टी बलियो हुदैन । सबैजना त्यही गरेर बसे भईहाल्यो नि, त्यो कुरा बुझ्नु पर्‍याे नि ।’, कांग्रेस सभापति देउवाले भने ।

360

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *