समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

प्रचण्ड र नारायणकाजी आज जनकपुर आउँदै

२०७८ चैत्र ८
समखबर संवाददाता

1.7K

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मंगलबार मधेस प्रदेशको राजधानी जनकपुर आउँदै छन् ।

चुनाव केन्द्रित प्रशिक्षण दिन र अगुवा कार्यकर्तासँगको भेटघाटका लागि उनी जनकपुर आउने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

दिउँसाे १२ बजे जनकपुरको तिरहुत्तियामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता, कार्यकर्तालाई स्वागत गर्ने कार्यक्रम रहेको छ भने अध्यक्ष प्रचण्डले मधेस प्रदेशका नेता, कार्यकर्तालाई बेग्लाबेग्लै भेट्ने कार्यक्रमसमेत रहेको केन्द्रीय सदस्य प्रकाश पोखरेलले जानकारी दिए ।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट सहभागी अगुवा नेता, कार्यकर्तालाई अध्यक्ष प्रचण्ड र उनको साथमा आउने नेता नारायणकाजी श्रेष्ठले प्रशिक्षण दिने कार्यक्रम  छ ।

1.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *