समखबर संवाददाता


0 प्रतिक्रिया

272

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग, प्रदेश प्रमुखको कार्यालय घेराउ

२०८० जेष्ठ ३०
काठमाडौं
समखबर संवाददाता

340

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् ।

मंगलवार कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने माग सहित कार्यालय घेराउ गरेका हुन । उनीहरुले मुखमा र आँखामा कालो पट्टी बाधेर विरोध जनाएका थिए । यस अघि हिजो प्रदेश सभा भवन घेराउ गरिएको थियो ।

२०७९ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गरेको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय उल्ट्याएर सरकारले १०० शैय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु भएको थियो ।

340

Demand for establishment of University of Health Sciences in Geta, surround the office of the provincial head

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *