समखबर संवाददाता


0 प्रतिक्रिया

136

पशुपति क्षेत्र विकास कोषलाई व्यवस्थित गरेर लानु पर्छ : राष्ट्रिय सरोकार तथा समन्वय समिति

२०८० जेष्ठ ३०
समखबर संवाददाता

170

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी थापा रावलले पशुपति क्षेत्र विकास कोषलाई व्यवस्थित गरेर लानु पर्ने बताएकी छिन ।

मंगलबार राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा पशुपति क्षेत्र विकास कोष र पशुपति क्षेत्रको विषयमा उठेको बिभिन्न पक्षमाथि भएको छलफलमा समितिकी सभापति रावलले पशुपति क्षेत्र विकास कोषलाई व्यवस्थित गर्नुको विकल्प नरहेको बताइन् ।

उनले भनिन् ‘ पशुपति क्षेत्र विकास कोषको काम कारवाहीलाई व्यवस्थित गर्नको लागि यसका बाधा हटाउनको लागि समन्वय पनि गर्दै आईरहेका छौं । र,हामीले समय समयमा स्थलगत अध्ययन पनि गरिरहेका छौं । अहिले जति पनि विषय उठेको छ । त्यो विषयलाई समाधान गरेर जानुको विकल्प पनि छैन । र, यो सम्बन्धि निकायलाई छिटो छरितो बनाउन हामीले सबैले सहयोग सहकार्य गर्नुपर्छ ।

हामीले पशुपति क्षेत्र विकास कोषलाई व्यवस्थित गर्न यो राष्ट्रिय गौरवको आयोजना भित्र रहेको पशुपति क्षेत्रको समस्या समाधान गर्नको लागि हामीले मन्त्री ज्यूकै उपस्थितिमा थप छलफल गराउन पर्ने निष्कर्ष निकाल्यौं । ’ रावलले जानकारी दीएकी दिइन् ।

170

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *