समखबर संवाददाता


0 प्रतिक्रिया

300

मधुपर्क सम्मान : श्रद्धाभावले दिएको पुरस्कारमात्र लिने गरेको पुष्कर लोहनीको कथन

२०८० जेष्ठ ३०
काठमाडौं
समखबर संवाददाता

375

नेपाली साहित्यिक मासिक पत्रिका मधुपर्कको वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले तीन जना श्रष्टालाई सम्मान गरेको छ ।

मंगलवार नेपाली साहित्यिक मासिक पत्रिका मधुपर्कको ५६ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा गोरखापत्र संस्थानले मधुपर्क सम्मानबाट गद्य,पद्य र प्रतिभा पुरस्कारबाट तीन जनालाई सम्मान गरेको हो ।

सम्मानित हुने साहित्यकारहरुमा गद्यतर्फ आख्यानकार पुष्कर लोहनी,पद्यतर्फ कृष्ण भक्त श्रेष्ठ र प्रतिभा सम्मानबाट प्रभा भट्टराई रहेका छन् ।
मधुपर्क सम्मानबाट सम्मानि तीनै जना श्रष्टाले जनही ३५हजार १ रुपैयाँ नगद राशीको पुरस्कार पाएका छन् ।

मधुपर्क सम्मानबाट सम्मानित भएपछि आख्यानकार पुष्कर लोहनीले बाध्यताले नभएर श्रद्धा भावले दिएको पुरस्कार सम्मान मात्रै लिन चाहेको बताए ।

उनले भने,‘खुसी यति लाग्छ,सबैले मलाई स्नेह गरेका छन्,मधुपर्कले २०२६ सालदेखि मलाई निरन्तरता दिएको छ। त्यसैले मैले आज यो सम्मान ग्रहण गरेको छु नत्र लिने थिइन् ।कमलमणि बाबुले मदन पुरस्कार दिन्छु भनेर पछि दिएनन्,कुनै पनि पुरस्कार मैले लिएको छैन्,यदि श्रद्धा साथले दिन्छन् भने अहिले पनि लिन्छु तर बाध्यताले दिएको कुनै पनि पुरस्कार म लिन्न ।’
उनले आफ्नै विविध विधामा कलम चलाएर माथि उठेको भन्दै आफू प्रयोगवादी लेखक भएको बताए ।

मधुपर्कसंग सुरुवाती समयबाटै जोडिएको बताएका उनले मधुपर्कसंग गहिरो माया रहेको र मधुपर्कको सम्पादकहरुबाट पनि उत्तिकै प्रेम पाएकोमा हर्ष व्यक्त गरे । उनले नेपाली साहित्यको लागि मरिमेट्ने व्यक्तिको रुपमा आफूलाई चित्रित गरे ।

उनले भने, ‘नेपाली,साहित्को लागि मरिमेट्ने मान्छे म हुँ । १० सालदेखि लेखेको लेख्यै छु,एउटा विधामा मात्र हैन्, आलोचना गर्ने परम्परा थिएन् नेपालमा आलोचक नै थिएनन् ।’

कार्यक्रममा गोरखापत्र राष्ट्रिय दैनिकका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले मधुपर्क,साहित्यिक पत्रिका मात्रै नभएर नेपाली साहित्यको प्रतिष्ठित पाठशाला भएको बताए । उनले मधुपर्क साहित्यिक पत्रिका भएपनि यसले पत्रकारिता र साहित्यलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै पुलको काम गरेको बताए ।

375

Madhupark Samman: Pushkar Lohani's statement that he accepts only awards given by Shraddhabhava

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *