समखबर संवाददाता


0 प्रतिक्रिया

236

प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराईविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

२०८० जेष्ठ ३०
काठमाडौं
समखबर संवाददाता

295

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।

द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष माओवादीका नेता एवं प्रधानमन्त्री दाहाल र नेता भट्टराईलाई विपक्षी बनाएर सशस्त्र युद्धका बालसेना तथा अयोग्य लडाकु लेनिन विष्टले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश दिएको हो । रिटलाई अग्राधिकार दिने आदेश समेत दिएको छ ।

१० वर्षे सशस्त्र युद्धमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध मुद्दा दायर भएको हो ।

295

Show cause order issued in the case against Prime Minister Dahal and former Prime Minister Bhattarai

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *