पर्वतको मोदी गाउँपालिका–६ मा पहिरोसहित ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ ।
गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख उक्त गाउँपालिका स्थित महाभिरमा सडक माथिबाट ढुङ्गा खसेर राजमार्ग अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन डिमुवामा रोकिएका छन् ।
अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुखले जानकारी दिएका छन् ।