समखबर संवाददाता


0 प्रतिक्रिया

876

कुनै द्विविधाविनै स्थानीय चुनावमा लाग्न ओलीको निर्देशन

२०७८ चैत्र १६
समखबर संवाददाता

1.1K

काठमाडौं ।  एमाले अध्यक्ष केपी ओलीले कुनै द्विविधा नलिईकनै स्थानीय तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको प्रतिबद्धता पत्र तयारी भर्चुअल कार्यशालामा बुधबार ओलीले यस्तो निर्देशन दिएका हुन् ।

ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका गौरवपूर्ण काम लिएर जनतामा जान निर्देशन दिए । एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै द्विविधाविना निर्वाचनमा होमिन पनि उनले निर्देशन दिए ।

प्रतिबद्धता पत्र मस्यौदा समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पारे । मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गरे ।

कार्यक्रममा स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारीहरू र पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुखहरू सहभागी छन् । 

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *