एजेन्सी: क्यालिफोर्नियाको सेक्रामेन्टो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
आज (आइतबार) बिहान रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए । आक्रमणकारीमाथि प्रहरीले जबाफी गोली प्रहार गरेको थियो ।
आक्रमणपछि शंकास्पद व्यक्तिको खोजी भइरहेको स्रोतले जनाइएको छ ।