समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

कोभिड संक्रमितको संख्या ह्वात्तै बढ्यो, एकै दिन २० हजार भन्दा बढी संक्रमित !

२०७८ चैत्र २३
समखबर संवाददाता

1.6K

एजेन्सीः चीनमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । कोभिडकै कारण सांघाइमा पुनः लकडाउन घोषणा गरिएको छ ।

सरकारले शून्य कोभिड नीति अबलम्बन गरिरहेको बेला चीनमा संक्रमितको संख्या बढ्ने क्रम जारी छ ।

केहि समय अघिसम्म नियन्त्रणमा रहेको कोरोना नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या तीब्र बढिरहेको छ । बुधबार मात्र २० हजार ४ सय ७२ जना नयाँ संक्रमित भेटिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ । अधिकांशमा लक्षण देखिएको छैन् ।

परीक्षणपछि पोजेटिभ देखिएका मानिसहरूका कारण सांघाइ क्वारेन्टिन केन्द्र भरिएका छन् । संक्रमण नियन्त्रण गर्न स्वास्थ्य अधिकारीहरूले कडाइ गरिरहेका छन् ।

1.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *