काठमाडौँः सुनको मूल्य सोमबार (आज) सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर १ लाख १ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुनको मुल्य तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर छ । आइतबार १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको महासंघले जनाएको छ ।