समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

सत्तारूढ पाँच दलीय गठबन्धनले गरे यस्तो निर्णय ?

२०७८ चैत्र २८
समखबर संवाददाता

1.3K


काठमाडौंः सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा सहकार्य र एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको गठबन्धनको बैठकले आपसी मतभेद पन्छ्याउँदै चुनावमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको हो ।

गठबन्धन बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको थियो । तर, निष्कर्षमा भने पुग्न सकेन । बैठकमा आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूबीचको तालमेल कसरी गर्ने ? कुन आधारमा गर्ने ? भन्नेबारे छलफल भएको थियो ।

भोलि बस्ने बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल हुने नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आजको बैठकले संयुक्त वक्तव्य जारी गरेको छ । उनले अब चुनावी तालमेलको मोडालिटीबारे भोलि बस्ने बैठकमा निर्णय हुने बताए ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *