समखबर संवाददाता


0 प्रतिक्रिया

988

नेपाल ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित

२०७८ चैत्र २८
समखबर संवाददाता

1.2K


काठमाडौंः एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भएको छ। कीर्गिस्तानको बिस्केकमा ताजकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो ।

समुह ‘बी’ मा रहेको नेपालको दुई खेलबाट कुनै अंक छैन । नेपाल चौथो स्थानमा छ । शीर्ष स्थानको ताजकिस्तानको चार अंक छ भने दोस्रो स्थानको उज्वेकिस्तनको तीन अंक छ । तेस्रो स्थानको अफगानिस्तानको एक अंक छ ।

ताजकिस्तानले आइतबार पहिलो खेलमा अफगानिस्तानसँग बराबरी खेलेको थियो । पहिलो खेलमा नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्ताानको सामना गर्नेछ ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *