समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

डाक्टरमाथि भएको कुटपिट विरोधमा डाक्टरहरु सडकमा : ऐन कार्यान्वयनमा जोड

२०८० आश्विन ९
काठमाडौं
समखबर संवाददाता

1.5K

पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

मंगलबार माइतीघरमण्डलमा सेतो कोट लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीलाई कडा कारबाही गर्नु पर्ने र आफूहरुको भौतिक सुरक्षाको माग गरेका छन् ।

आन्दोलनमा सहभागि डाक्टर आनन्द सिंहले कानून अनुसार सहकर्मीमाथि हातपात गर्नेलाई कारबाही हुनुपर्ने आफूहरुको माग रहेको बताए । हाम्रो कानूनी ऐन हामीसंग छ । त्यो अनुसार कारबाही अगाडि बढेको छैन् । स्वास्थ्य सुरक्षा ऐन छ त्यो ऐन अनुसार कारबाही अगाडि बढ्नु पर्यो ।’ उनले भने ।

त्यस्तै, डाक्टर कपिल गौतमले पनि देशका विभिन्न ठाउँमा सहकर्मीहरुमाथि आक्रमण भएपनि सरकारले त्यसलाई गम्भीर रुपमा नलिएको भन्दै आक्रोश पोखे ।

उनले भने ‘देशको दुर दराजमा काम गर्ने साथीहरु दुव्र्यवहार र सांघातिक हमतामा पर्नु भएको छ । जस्तै हेटौडाको काण्ड,चितवनको काण्ड,पोखराको काण्ड,यसरी नियोजितरुपमा हमला गरिएता पनि नेपाल सरकार गृह प्रशासनले, स्थानीय सरकारले यसलाई खासै गम्भीर रुपमा नलिएर कानूनी प्रक्रिया अगाडि नबढाएकोले हामी खेद प्रकट गर्दछौँ । हाम्रो सुरक्षाको प्रत्याभूति गर्नु पर्यो राज्यले ।’

दोषीलाई खुल्ला छुट,डाक्टरमाथि बुटैबुट,अस्पताल नआउ,डाक्टर र बिरामीको ज्यान बचाउ,डाक्टर कुट्न पाइँदैन,पेशा छोडौं कि देश छोडौं ? लगायत प्लेकार्ड बोकेका थिए ।

लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएपछि मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो । सोही घटनालाई लिएर आज काठमाडौंमा पनि डाक्टरहरु विरोधमा उत्रिएका हुन् ।

1.5K

Doctors on the streets in protest against the beating of doctors: Emphasis on the implementation of the law

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *