समखबर संवाददाता


0 प्रतिक्रिया

408

इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो

२०८० आश्विन १०
काठमाडौं
समखबर संवाददाता

510

इन्द्र जात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पुजा गरिएको छ ।

नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पुजा गर्ने प्रचलन छ । तर यो पुजा रोयल कुमारीको भने नभएको र ५०५ कन्या कुमारी पुजा भएको राजन महर्जनले जानकारी दिए ।

उनले भने, ‘दशैको महानवमीमा हो त्यो कुमारी बनाउने र यो फरक कुरा हो । यो पुजा बेग्लै तरिकाले गरिन्छ । बच्चाको रोगहरू नष्ट गर्ने विश्वासले यो पुजा गरिन्छ ।’

उनले आजै पुजा गर्नुपर्ने मुख्य कारण गणेश भौरव कुमारीको पुजा गर्ने प्रचलन रहेकाले सोहीअनुसार बच्चाहरू ले शक्ति प्राप्त होस् भनेर ५०५ कन्या कुमारी पुजा गरिरहेको बताए ।

उनले भने, ‘इन्द्र जात्राको अवसरमा सुरुवात भएको दोस्रो दिनमा यो कुमारी पुजा गरिन्छ । विगत २२ वर्ष देखि हामीले सूर्यकुमारी पुजा गर्दै आएको छौं । आज गर्नुपर्ने मुख्य कारण गणेश भौरव कुमारीको पुजा गर्ने प्रचलन छ । सोही अनुसार राज्यको तर्फबाट गणेश भौरव कुमारीलाई पुजा गरेर शक्ति प्रदान गर्छन् । त्यही फल स्वरुप अहिलेका बालिककाहरूले शक्ति प्राप्त होस् भनेर ५०५ कन्या कुमारी पुजा गरिरहेका छौं ।’

भोलिदेखि सुरु हुने इन्द्र जात्राका लागि आज बिहान लिङ्गो उठाइएको थियो । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्र ध्वजोत्थान बुधबार बिहान गरिएको हो ।

510

Kumari was worshiped today, the day before Indra Jatra

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *