समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

सशस्त्र प्रहरी बललाई नेपाली सेनाद्धारा हतियार हस्तान्तरण

२०७८ चैत्र २८
समखबर संवाददाता

1.5K


काठमाडौंः नेपाली सेनाद्धारा सशस्त्र प्रहरी बल, नेपाललाई हतियार हस्तान्तरण गरेका छन् । नेपाल सरकार (मन्त्रिपरिषद्) को गत चैत्र २४ गते गरेको निर्णयानुसार नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई १० हजार ६ सय नाल हतियार हस्तान्तरण गरेका हुन् ।

जंगी अड्डामा आईतबार आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति महारथी प्रभूराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई कुल ईन्सास राईफल ९ हजार तथा लाईट सपोट वेपन (एल.एस.डब्ल.) १६ सय नाल गरी जम्मा १० हजार ६ सय नाल हतियार मध्ये आईतबार पहिलो चरणमा ईन्सास ५ सय तथा लाईट सपोट वेपन ९० नाल हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा स्वागत मन्तब्य राख्नेक्रममा उपरथी असोकराज सिग्देल क्षेत्रीले यसबाट सुरक्षा निकायबीचको सम्बन्ध थप सुमधुर हुने र सशस्त्र
प्रहरी बल, नेपालको क्षमता अभिबृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली सेनाको तर्फबाट हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका महासेनानी पूर्ण प्रसाद ढकाल र सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट का।मु। सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले हतियार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त हतियार रक्षा सचिब किरणराज शर्मा तथा गृह सचिब टेकनारायण पाण्डेको उपस्थितिमा हस्तान्तरण भएको हो । कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की, बलाध्यक्ष रथी सरोज प्रताप राणा तथा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षकद्धय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *