समखबर संवाददाता


0 प्रतिक्रिया

996

मंगोेलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी

२०८० आश्विन १०
काठमाडौं
समखबर संवाददाता

1.2K

१९औं एसियाडमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ ।

नेपालले मंगोलियालाई २७३ रनले पराजित गसँगै सबैभन्दा ठूलो अन्तरले जित्ने टिमको विश्व कीर्तिमानसमेत बनाएको छ ।

बुधबार बिहान भएको मंगोलियाविरुद्ध खेलमा नेपालले चीनको हाङभाओस्थित क्रिकेट मैदानमा कीर्तिमानै कीर्तिमान बनायो ।

नेपाले यो मैदानमा सबैभन्दा छिटो शतक र अर्धशतक, सबैभन्दा उच्च स्कोर तथा सबैभन्दा बढी रनले जित्ने देशको विश्व कीर्तिमान कायम गरेको हो ।

टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालका लागि सबैभन्दा पहिलो विश्व कीर्तिमान कुशल मल्लले बनाएका थिए भने उनले ३४ बलमा शतक बनाएर सबैभन्दा छिटो शतक बनाउने खेलाडीको सूचीको पहिलो स्थानमा आफ्नो नाम लेखाएका हुन् ।

दोस्रो कीर्तिमानको रुपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने । उनले ९ बलमा अर्धशतक बनाउँदै रेकर्ड कायम गरेका हुन् । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन बनायो।

1.2K

Nepal won by defeating Mongolia by 273 runs

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *