समखबर संवाददाता


0 प्रतिक्रिया

824

शिक्षकले आज पनि जारी राखे प्रदर्शन, निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप

२०८० आश्विन १०
काठमाडौं
समखबर संवाददाता

1K

आन्दोलनरत राहत शिक्षकहरूले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । बुधबार नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरूले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूका माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

राहत शिक्षकहरूले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरूका माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

विरोधको क्रममा निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरूको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।

1K

The teachers continued their protest today, police intervened after they tried to break the ban

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *