समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

यस्तो छ ,आजको विदेशी मुद्राको विनिमय दर !

२०७८ चैत्र २९
समखबर संवाददाता

1.8K


काठमाडौंः नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १ सय २१ रुपैयाँ २३ पैसा र बिक्री दर १ सय २१ रुपैयाँ ८३ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १ सय ३२ रुपैयाँ २६ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ९२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १ सय ५८ रुपैयाँ १० पैसा र बिक्री दर १ सय ५८ रुपैयाँ ८८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १ सय २९ रुपैयाँ ८० पैसा मात्र र बिक्री दर १ सय ३० रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३२ पैसा र बिक्री दर ९० रुपैयाँ ७६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८० पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ६७ पैसा र बिक्री दर नौ रुपैयाँ ७२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ चार पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ३३ पैसा र बिक्री दर ३२ रुपैयाँ ४९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १० पैसा र बिक्री दर ३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ८२ पैसा र बिक्री दर नौ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

1.8K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *