समखबर संवाददाता


0 प्रतिक्रिया

956

सिन्धुलीमा कांग्रेसबाट युवा नेतृ इन्दिरा कोइरालाले गरिन् मेयरमा दाबी

२०७८ चैत्र २९
समखबर संवाददाता

1.2K


सिन्धुलीः सिन्धुलीको दुधौली नगरपालिकाको मेयरमा कांग्रेसबाट युवा नेतृ इन्दिरा कोइरालाले दाबी गरेकी छन् । स्थानीय तहमा राम्रो छवि बनाएकी उनले आसन्न स्थानीय तह निर्वाचनमा दुधौलीको मेयरमा उम्मेदवारी दिने तयारी गरेकी हुन् ।

आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा महिलाले प्रमुखमा दाबी नगरेको भन्दै देशभर चर्चा भइरहेका बेला निरौलाले मेयरमा उम्मेदवारी दिने तयारी गरेकी हुन् ।

राष्ट्रिय भूमि आयोग सिन्धुलीको जिल्ला समिति सदस्यको जिम्मेवारी पाएलगत्तै उनी भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरणमा जुटेकी छन् । दुधौली-९ बाट अभियान सुरु गरेर उक्त क्षेत्रका १०६ जनालाई जग्गाधनी लालपुर्जा वितरण गरेको नेतृ निरौलाले बताइन् ।

सिन्धुली जिल्लामा सत्तारुढ गठबन्धनले अहिलेसम्म के गर्ने भन्ने निर्णय नभएकाले सबै दलले आ-आफ्ना उम्मेदवार उठाउने तयारी गरेका छन् ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *