समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

मानव खप्पर तथा हड्डीसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ

२०७८ चैत्र ३०
समखबर संवाददाता

1.5K


मोरङः मोरङमा मानव खप्पर सहित एक जना पक्राउ गरेको छ । जिल्लाको विराटनगर महानगरपालिका-१५ रानीस्थित १ घाट ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले एउटा मानव खप्पर तथा शरिरका विभिन्न हड्डीसहित एक जनालाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा भारत घर बताउने २६ बर्षिय आदित्य चिन्हा रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका निजलाई शंका लागि जाँच गर्दा उनले बोकेको झोलामा उक्त मानव खप्पर तथा शरिरका विभिन्न हड्डी फेला पारिएको हो ।

उनलाई हड्डीसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *