काठमाडौंः नेशनल दलित लयर्स फोरमको दोस्रो सम्मेलनबाट अधिवक्ता तथा नेपाल बार एशोसियशनका केन्द्रीय सदस्य मोहन साशंकर अध्यक्षमा चयन भएका छन् । शुक्रबार राजधानीमा आयोजित दोस्रो सम्मेलनबाट उनको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको हो ।
फोरमको उपाध्यक्षहरुमा अधिवक्ता भोजमान लामगादे, बालमाया विश्वकर्मा, चक्रमान विश्वकर्मा चयन भएका छन् । महासचिवमा अधिवक्ता शैलेन्द्र अम्बेडकर, सचिवमा रामबादुर मिजार, सुन्दर बहादुर स्नेही, सरस्वति नेपाल चयन भएका छन् ।
कोषाध्यक्षमा बालमिकी आउजी चयन भएका छन् । त्यस्तै अन्य ८ जना अधिवक्ताहरु सदस्यमा चयन भएका छन् । अधिवक्ता नारायण नेपालसहित ६ जना भने सल्लाहाकार समितिमा चयन भएका छन् । सम्मेलनले १२ बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।