समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

एमाले र कमल थापा नेतृत्वको राप्रपा बिच निर्वाचनमा सहकार्य

२०७८ चैत्र ३०
समखबर संवाददाता

1.5K


काठमाडौंः नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ । दुई पार्टीबीच ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने विषयमा पाँच बुँदे सहमति भएको हो ।

सहमतिअनुसार राप्रपा नेपालले सूर्य चिन्हमा चुनाव लड्न पाउनेछ । सहमतिपत्रमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपाका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

देशभरिका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । त्यस्तै आफ्ना उम्मेदवार नभएका ठाउँमा राप्रपा नेपालले एमाले उम्मेदवारलाई सघाउने र राप्रपा नेपालका उम्मेदवारलाई पनि एमालेले सघाउने सहमति समेत भएको छ ।

त्यस्तै एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ(आफ्नो पार्टी केन्द्रमा पठाउने, केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने सहमति समेत भएको छ ।

दुबै दलले सहमति कार्यान्वयनका लागि आ(आफ्नो पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ।

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *