समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आजबाट

२०७९ बैशाख २
समखबर संवाददाता

1.4K

  
एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आज शुक्रबारबाट नेपाली राष्ट्रिय टोलीले प्रशिक्षण सुरु गर्ने भएको छ । 

नेपाली टोलीले आज बिहान ९ बजेदेखि १०ः३० बजेसम्म दशरथ रंगशालामा प्रशिक्षण गर्नेछ ।

छनोटको समूह ए मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतामा हुनेछन् ।

यसअघि नेपाली टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटको लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । 

नेपाली टोलीः 
गोलकिपरः
किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
रक्षक: अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी, 
मिडफिल्डरः आयुष घलान, मनिष डांगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई
स्ट्राइकरः विमल घर्तिमगर, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *