समखबर संवाददाता


0 प्रतिक्रिया

912

मेयरमा १२ र उपमेयरमा ९ जनाको नाम सिफारिस

२०७९ बैशाख २
समखबर संवाददाता

1.1K


पोखराः एमालेले आज मतदानबाट पोखराको मेयर र उपमेयरको नाम सिफारिस गर्ने भएको छ । निर्वाचन कमिटीका अनुसार मेयरमा १२ र उपमेयरमा ९ जनाले नाम दर्ता गराएका छन् ।

मेयरमा राजीव पहारी, दर्शन लामा, मीनाकुमारी गुरुङ, दीपकबहादुर पौडेल, रश्मि आचार्य, कृष्णबहादुर थापा, पुष्पज्योति ढुंगाना, विश्वकल्याण पराजुली, भीमबहादुर कार्की, सावित्री भण्डारी, बालासिंह काउछा मगर र पुष्पराज अधिकारीले उम्मेद्वारी दिएका हुन् ।

उपमेयरमा देवका पहारी त्रिपाठी, विनकुमारी गुरुङ, सुष्मा पौडेल, तेजनारायण अधिकारी, टीकाराम पंगेनी, बलराम गायक, जीवनप्रसाद आचार्य, शोभामोहन पौडेल र बामदेव ढुंगानाको मनोनयन परेको छ । विनकुमारी गुरुङले यसअघि आकांक्षीको नाम नटिपाए पनि अहिले मनोनयन दर्ता गरेकी छिन् ।

स्रोतका अनुसार अधिकारी ग्रुपबाट मेयरमा दर्शन लामा, कृष्ण थापा र सावित्री भण्डारी तथा गुरुङको प्यानलबाट पुष्पज्योति ढुंगाना, मीना गुरुङको नाम पक्का जस्तै छ । अर्को एकजना अझै खोजी भइरहेको छ । अहिले गुरुङ प्यानलको बैठक साइमन पार्टी प्यालेसमा बसिरहेको छ ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *