समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

स्थानीय निर्वाचनमा पार्टीको तयारीबारे प्रचण्डले आज धारणा सार्वजनिक गर्ने

२०७९ बैशाख ५
काठमाडौं
समखबर संवाददाता

1.5K


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पत्रकार सम्मेलन गर्दैछन् ।

पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले स्थानीय निर्वाचनमा पार्टी तयारी लगायत विषयमा प्रचण्डले धारणा सार्वजनिक गर्ने बताए । 

पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुनेछ । 

उम्मेदवारी दर्ता गर्ने दिन ६ दिन छँदा प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् । गठबन्धन दलहरूको आजै महानगर र उपमहानगरमा तालमेल टुङ्गो लगाउने तयारी छ । त्यसका लागि बैठक केहीबेरमा बस्दै छ ।

तर, आ–आफ्नै दाबीबाट दलहरू पछि हटेका छैनन् । जसले गर्दा महानगर र उपमहानगरको बाँडफाँट नै टुङ्गो लगाउन मुस्किल परेको छ । 

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *