निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ। आयोगका अनुसार स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले १ हजार ५ सय रुपैयाँ धरौटी राख्नुपर्ने जनाएको छ।
त्यस्तै, वडा अध्यक्षले १ हजार रुपैयाँ र सदस्यले ५ सय रुपैयाँ धरौटी राख्नुपर्ने तोकेको छ भने महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिको हकमा भने आयोगले ५० प्रतिशत छुट दिइएको छ।