समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

प्रहरीले गोली चलाउँदा १ मृत्यु, २४ घाइते

२०७९ बैशाख ७
श्रीलंका
समखबर संवाददाता

1.5K

श्रीलंकामा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । श्रीलंकामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शन नियन्त्रणमा नआएपछि गोली चलाएको थियो ।

मृत्युपछि अन्य प्रदर्शनकारीले रामबुक्काना प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका थिए । यसैबीच, श्रीलंका प्रहरीले अर्को सूचना नभएसम्मका लागि रामबुकाना प्रहरी डिभिजन वरपर कर्फ्यू लगाएको छ । एजेन्सी

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *