काबुलमा तालिवानले सत्ता हातमा लिएपछि ६ कक्षाभन्दा माथिका छात्रालाई विद्यालय जानबाट वञ्चित गरेको छ । विद्यालय जानबाट वञ्चित गरिएका छात्राहरु विचलित हुन थालेका छन् ।
मुस्लिम अतिवादी तालिवानले महिलाहरुलाई विद्यालय जानबाट रोकेको भन्दै काबुलमा महिला अधिकारकर्मीहरुले तत्काल छात्रा विद्यालय सञ्चालनमा ल्याउन माग गर्दै तालिवान माथि दबाब दिइरहेका छन् ।
तालिवानले महिलालाई शिक्षाबाट वञ्चित नगर्ने प्रतिवद्धता जनाए तापनि सत्ता हातमा लिएपछि आफ्नो प्रतिवद्धता बिर्सिएको उनीहरुको भनाई छ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा महिलालाई शिक्षाबाट वञ्चित गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाइसकेको छ । एजेन्सी