समखबर संवाददाता


0 प्रतिक्रिया

952

गुणस्तरहीन कार्यमा सहमति जनाएको भन्दै गर्यो अख्तियारले अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७९ बैशाख ८
कैलाली
समखबर संवाददाता

1.2K


कैलालीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । १३ वटा सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाइ ठेकेदारलाई भुक्तानी गरेको भन्दै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशीलाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचार विरुद्धको मुद्दा दायर गरेको छ ।

अख्तियारले विष्टले स्पेसिफिकेसन तथा सम्झौतामा उल्लेख भएबमोजिम काम नभए तापनि नापी किताबमा सहमति जनाई गुणस्तरहीन बेस कोर्स र सब(बेसकोर्सको कार्यलाई स्तरयुक्त नाप देखाएकोले सरकारलाई ३१ लाख ३७ हजार ८ सय ५३ रुपैयाँ ७५ पैसा हानि नोक्सानी भएको अख्तियारलु जनाएको छ ।

त्यस्तै, अख्तियारको अनुसार अर्का तत्कालिन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले पनि यही कसूरबाट सरकारलाई २५ लाख ५२ हजार ८८६ रुपैयाँ ६८ पैसा नोक्सान पुर्‍याएको छ ।

अख्तियारले गोदावरी नगरपालिकाका तत्कालिन प्रमुख इन्जिनियर पूर्ण कुँवर, सब इन्जिनियर ज्ञानेन्द्र बुढा, सब इन्जिनियर नरेन्द्र शाही, प्राबिधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी गणेश विष्ट विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *