समखबर संवाददाता


0 प्रतिक्रिया

1.8K

उपप्रमुखको टिकट पाउने सर्तमा कांग्रेस नेता एमालेमा प्रवेश

२०७९ बैशाख ११
काठमाडौं
समखबर संवाददाता

2.3K

चुनावको मुखमा नेपाली कांग्रेस खोटाङका पूर्व कोषाध्यक्ष जीवन राई एमालेमा प्रवेश गरेका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा बराहपोखरी गाउँपालिका उपप्रमुखमा उठ्ने सर्तमा कांग्रेस नेता राई एमाले प्रवेश गरेका हुन् । 

उनलाई शुक्रबार बराहपोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई, रमेश पौडेलले पार्टी प्रवेश गराएका हुन् ।

एमाले प्रवेश गरेका राई हाल कांग्रेसका जिल्ला सदस्य थिए । गठबन्धनका क्रममा बराहपोखरीमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रको भागमा परेको छ । कांग्रेसबाट प्रमुखमा लगभग वर्तमान प्रमुख सालिकराम बञ्जरा नै दोहोरिने निश्चित भएको अवस्थामा राई एमाले प्रवेश गरेका हुन् । 

बराहपोखरी गाउँपालिकामा गोमादेबी मगरलाई प्रमुखको उम्मेदवारमा सिफारिस गरिएको एमाले जिल्ला सचिव कुमार आचार्यले बताए ।

2.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *