समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

खेलाडी संघमा विक्रम लामा सर्वसम्मत चयन, महिला खेलाडी भने मनोनीतबाट तानिने

२०७९ बैशाख ११
काठमाडौं
समखबर संवाददाता

1.4K

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको खेलाडी संघमा विक्रम लामा सर्वसम्मत चयन भएका छन् ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य लामालाई सर्वसम्मतबाट अध्यक्ष चुनिएपछि प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

यस्तै, विकेश कुथु, सुजल श्रेष्ठ, विराज महर्जन उपाध्यक्षमा सर्वसम्मत भएका छन् । यता सदस्यमा रन्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दहाल, रोहिच चन्द र विशाल श्रेष्ठ सर्वसम्मत चुनिए ।

११ सदस्यीय कार्यसमितिमा भने महिला खेलाडीको नाम अटाएको छैन । महिला खेलाडीले उम्मेदवारी दर्ता नगराएकाले मनोनीतबाट तानिने नवनिर्वाचित अध्यक्ष लामाले बताए ।

यसअघि प्रशिक्षक संघमा सर्वसम्मतबाट राजेन्द्र तामाङ आएका छन् ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *